नियम ४४
बार्षिक प्रतिवेदन पेस गर्नु पर्ने
(१) सामुदायिक वन उपभोक्ता समूहले अनुसूची-२२ बमोजिमको ढाँचामा आर्थिक विवरण र वनको स्थिति समेत खुलाई . समूहले वर्षभरी गरेका क्रियाकलापको वार्षिक प्रतिवेदन: प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र डिभिजन वन कार्यालय र स्थानीय तहमा पेस गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम वार्षिक प्रतिवेदन पेस गर्दा सो समूहको लेखापरीक्षण प्रतिवेदन समेत पेस गर्नु पर्नेछ।